No Image Headlineअन्तराष्ट्रिय

विश्व कोरोना अपडेट : संक्रमण जित्नेको संख्या बढ्दै, नयाँ संक्रमित घटे

विश्वभर नयाँ कोरोना संक्रमित थपिनेभन्दा निको हुने संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार नयाँ संक्रमित थपिएका छन् भने २४ लाख ५८ हजार ६३६ जना निको भएका छन्।

कोरोनाको तथ्यांक अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ३९ करोड ७८ लाख ७६ हजार नाघेको छ। यस्तै ३१ करोड ७३ लाख ६० हजारभन्दा बढी निको भएका छन्।

२४ घण्टामा ७ हजार ८ सय संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५७ लाख ६७ हजार पुगेको छ।

अझै पनि ७ करोड ४७ लाख सक्रिय संक्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको छ। बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button