खबर फटाफटप्रदेश

मधेस प्रदेशसभाका समितिको नेतृत्व चयन हुँदै

Thrill Factory
Rungta Group

मधेश प्रदेशसभाअन्तर्गत रिक्त तीनमध्ये दुई समितिका सभापति चयन गर्न चुनाव हुने भएको छ । ती पदका लागि मंगलबार चुनाव हुँदैछ ।

विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीबाट सार्वजनिक लेखा समितिको सभापतिमा प्रह्लाद गिरी गोस्वामीले उम्मेदवारी दिएका छन् । त्यस्तै, सत्ता पक्षको तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार यादवले पनि उम्मेदवारी दिएका छन् ।

प्राकृतिक श्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । यो समितिमा यादवको मात्र उम्मेदवारी परेको हो ।

त्यस्तै कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेकी जगतारण देवीले उम्मेदवारी दिएकी छन् । यो समितिको सभापतिका लागि नेकपा एकीकृत समाजवादी पार्टीबाट मदनसेन श्रीवास्तवले पनि उम्मेदवारी दिएका छन् ।

मधेश प्रदेश सभामा लामो समयदेखि सभापतिविहीन रहेका संसदीय समितिको सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

प्रदेशसभा सचिवालयले माघ १९ गते सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापतिका लागि उम्मेदवारी दिन आह्वान गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button