देशमुख्य खबरविशेष

होला त बैशाख ३० मा स्थानीय तहको चुनाव ? यस्तो छ कानूनी अड्चन

सरकारले स्थानीय तहको चुनाव आगमी वैशाख ३० गते हुने घोषणा गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको छ । निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि, जेठ ४ गते चुनाव गर्ने विषयमा दलहरूबीच सहमति जुटेको थियो । तर, घोषित मितिमा चुनाव हुनेमा आशंका गरिएको छ ।

यो मितिमा चुनाव गर्न केही कानूनी अड्चन रहेको देखिन्छ । संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको पदावधि ५ वर्ष हुने भनिएको छ ।

यसअघिको स्थानीय चुनाव २०७४ बैशाख ३१, असार १४ र असोज २ गते भएको थियो । संविधानअनुसार बैशाख ३१ गते चुनाव भएका तहका जनप्रतिनिधिका कार्यकाल ५ वर्ष पूरा भए पनि त्यसपछिको मितिमा भएका चुनावबाट चुनिएका प्रतिनिधिको पदावधि संविधानअनुसार ५ वर्ष पुग्दैन ।

निर्वाचन कानूनमा चरणवद्ध चुनावको हकमा चुनाव भएको पहिलो मितिलाई आधार मानेर कार्यकाल गणना गर्ने व्यवस्था छ ।

त्यस्तै पदावधि सकिएको कति समयभित्र चुनाव गराउने भन्ने विषयमा पनि संविधान र निर्वाचन कानून बाझिएको छ ।

संविधानअनुसार कार्यकाल सकिएको ६ महीनाभित्र चुनाव गराउनुपर्ने व्यवस्था छ भने निर्वाचन कानूनमा यो समय २ महीना तोकिएको छ ।

संविधानलाई आधार मानेर कार्यकाल बाँकी रहेका जनप्रतिनिधिका तर्फबाट कानूनी उपचार खोजिएका सरकारले घोषणा गरेको चुनावकम कानूनी अड्चन उत्पन्न हुन सक्ने कानूनका जानकारहरु बताउँछन् ।

संविधान मूल कानून भएकाले संविधानको व्यवस्थासँग बाझिएको ऐनको व्यवस्था बाझिएको हदसम्म अमान्य हुने व्यवस्था छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button