
प्रहरीले चाँदीको विभिन्न गरगहनासहित एक जना महिलालाई पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका ९ घर भएकी २९ वर्षीया मन्जु सहनी रहेकी छन् । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ब्यागभित्र चेकजाँचका क्रममा सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।



उनको साथबाट प्रहरीले ७ केजी ४६ ग्राम तौल बराबरको अन्दाजी मुल्य रू ७ लाखबराबरको चाँदीको गहना बरामद गरेको छ ।



पक्राउ परेका उनीलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।