खबर फटाफटप्रदेश

तीन डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको तापक्रम

Thrill Factory
Rungta Group

काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि न्यूनतम तापक्रम भने निकै कम रहेको छ।

आज बिहान काठमाडौंको बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ। बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो। रातको समयमा आकाश सफा हुन थालेसँगै चिसो बढ्न थालेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन बिहान बेलुकीको समयमा चिसो बढ्ने छ। काठमाडौंसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्दो अवस्थामा रहेकाले दिउँसोको समयमा केही न्यानो भए पनि बिहान बेलुकी चिसो बढ्दो अवस्थामा रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button