अर्थप्रदेश

मालबाहक साधनबाटअव्यावहारिक शुल्क रोक्न आग्रह

Thrill Factory
Rungta Group

मोरङ व्यापार संघले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यावहारिक शुल्क, जरिवानाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष नवीन रिजाल सहितका पदाधिकारीले जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी र प्रहरी प्रमुखहरूलाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालबाहक सवारी साधन फिर्ता जाने क्रममा मोरङ र सुनसरीमा केही निकायबाट विभिन्न शीर्षकमा शुल्क, जरिवाना असुल्ने कार्य भइरहेको बताए ।

उनले औद्योगिक प्रयोजनले विराटनगर नाकामार्फत नेपाल भित्रिनुपर्ने भारतीय सवारीसाधनहरू हाल फारवीसगञ्ज–जोगबनी–विराटनगर सडक खण्डको जीर्ण अवस्थाको मीरगञ्ज पुलका कारण भिमनगर–भन्टाबारी नाकाका लागि रि–रुट भई थप १३० किलोमिटर गन्तव्य तय गर्न बाध्य रहेका बताए ।

उनले त्यसबाट नेपाली आयातकर्ताले लागत खर्च वृद्धिको मार परेको अवस्थामा नेपाली पक्षबाटसमेत त्यस प्रकारका अनुचित असुली हुँदा स्वदेशी उद्योग व्यवसायलाई थप व्ययभार परेको तथा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको प्रतिष्ठामा आँच पुर्‍याउने काम भईरहेको बताउँदै सो अनुचित असुली कार्यको तत्कालै अन्त्य गर्न सम्बन्धित निकायलाई यथाशिघ्र निर्देशनजारी गरिदिन आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button