प्रदेशयस्तो पनि

ट्राफिकलाई १ हजार रुपैयाँ घुस दिन खोजेपछि…

सवारी जाँचका क्रममा सडकमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ परेका छन्।

शुक्रबार राति १० बजे काठमाडौंको कोटेश्वर चोकस्थित सडक खण्डमा ड्युटिमा खटिएका ट्राफिक प्रहरी हवल्दार डिल्ली तिमिल्सनाले प्र ३-०२-००२ प ८२५६ नम्बरको मोटर साइकल चालकलाई कारबाही गर्न लाग्दा चालकले घुस दिन खोजेको ट्राफिक प्रहरीले जनाएको छ।

सिन्धुली बस्ने वर्ष २७ का हेमबहादुर कार्कीलाई मापसेमा कारबाही गर्न खोज्दा चालक कार्कीले १ हजार घुस दिन खोजेका थिए।

सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारबाही गर्न खोज्दा आर्थिक प्रलोभनमा पार्न खोजेकोले उनलाई पक्राउ गरी कारवाहीको लागि प्रहरी प्रभाग कटेश्वरमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button