
पर्साका बेग्लाबेग्लै स्थानमा प्रहरीले लागू पदार्थ गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर मौजेका गणेश साह कलवार र उनका छोरा सन्तोष साह कलवार ७४ केजी गाँजासहित पक्राउ परेका छन् ।


त्यस्तै विन्दावासिनी गाउँपालिका ४ अमरपट्टीबाट झौवा जाने बाटोमा प्रहरीको गस्ती टोलीले पर्सा सखुवाप्रसौनी १ का सुरेश दास र भारत विहार मोतिहारी भेलाही थाना १ का साही दासलाई ७ केजी गाँजासहित समातेको छ ।
बिहीबार पक्राउ परेका चारै जनालाई लागु औषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।