खबर फटाफटप्रदेश

सरकारी गाडीमा तोडफोड गर्ने सिके राउतका सात कार्यकर्ता पक्राउ

राष्ट्रिय सभा चुनाव बिथोल्ने तथा सरकारी गाडीमा तोडफोड गर्ने जनमत पार्टीका सात जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

मधेस प्रदेशको राजधानी जनकपुरमा भएको राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुन आउने प्रदेश सांसद तथा पालिका प्रमुखको गाडी तोडफोडमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाहरूको नाम अहिलेसम्म खुलेको छैन।

जनकपुरधामको पिडारी चोकमा जनमतका कार्यकर्ताले लाठी र ढुङ्गामुढा प्रहार गर्दा जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य अशोक यादव सवार गाडी क्षतिग्रस्त बनेको छ। त्यसैगरि, सर्लाही हरिवनका मेयर गणेश प्रसाईं चढेको प्रदेश २–०३–०१ झ ००२० मा तोडफोड गरिएको छ।

त्यसैगरि प्रदेश २-०१ झ ००८० र ना १ झ १६७४ नम्बरको गाडीसहित सात वटा गाडीमा उनीहरूले तोडफोड गरेर क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button