खबर फटाफटप्रदेश

ललितपुर महानगर पाँच दिनका लागि बन्द

Thrill Factory
Rungta Group

ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ। आइतबार महानगरपालिकाले सूचना जारी गर्दै कोरोना संक्रमण तीव्र बनेपछि पाँच दिनका लागि महानगरका सबै सेवा बन्द भएको जानकारी गराएको हो।

महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई संक्रमण पुष्टि भएपछि आजबाट पाँच दिनका लागि महानगरपालिका बन्द भएको हो।

महानगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

‘धेरै कर्मचारीलाई सङ्क्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले सोमबारदेखि शुक्रवारसम्म महानगरपालिका बन्द रहनेछ,’ सार्वजनिक सूचनामा भनिएको छ, ‘महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगर प्रहरीले दिने सेवा भने सञ्चालन हुनेछन्।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button