खबर फटाफटप्रदेश

खाल्डोमा परेर मर्‍यो गैंडा

चितवनमा ढल निर्माण गर्न खनेको खाल्डो नपुर्दा ढलसँगैको खाल्डोमा खसेर पोथी गैँडा मरेको छ ।

भरतपुर महानगरपालिकको गोन्द्राङ सडक खण्डमा छ लेनको सडक निर्माण भइरहेको ढलको खाल्डोमा परेर गैँडा मरेको हो ।

ढल निर्माण भइसक्दासमेत खाल्डो नपुरेका कारण खाल्डोमा परेर आइतबार गैँडा मरेको थियो ।

राति गैँडा ढलसँगैको खाल्डोमा परेको जानकारी दिँदै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मरेको गैँडा पोथी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button