No Image Headlineप्रदेशमुख्य खबर

मधेस प्रदेशको राजपत्रमै किन भयो ‘चुच्चे नक्सा’ गायब ?

मधेस प्रदेशको राजपत्रमै नेपालको आधिकारिक नक्सा गायब भएको छ । संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर दुई वर्षअघि जारी गरेको नक्सालाई नसमेटी मधेस प्रदेशको राजपत्रमा गलत नक्सा प्रयोग भएको हो।

प्रदेश नम्बर २ ले नाम परिवर्तन गरेर ‘मधेस’ राख्ने निर्णय गरेपछि सार्वजनिक भएको मधेस प्रदेशको राजपत्रबाट चुच्चे नक्सा गायब भएको हो ।

मधेस प्रदेशले प्रकाशित गरेको राजपत्रमा चुच्चे नक्सा गायब भएपछि यो विषय यत्तिबेला सामाजिक सञ्जालमा चर्चामा छ । धेरैले नक्सामा चुच्चो गायब भएको भन्दै आपत्ति जनाएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button