No Image Headlineप्रदेश
शीतलहरले तराई मधेसको जनजीवन कष्टकर

केही दिनदेखि चलिरहेको शीतलहरले तराई मधेसको अत्यधिक जाडो बढन थालेपछि जिल्लाका जनजीवन प्रभावित बनेको छ ।



गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ ।



ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कँदा हाटबजार, सरकारी कार्यालय, यतायात समेतमा चलहपहल कम देखिएको छ । यही माघ १५ गतेसम्म विद्यालय कोभिडका कारण बन्द हुने बताइएको छ ।



अत्यधिक जाडो बढेपछि सर्वसधारणले ठाउँठाउँमा आगो बालेर जाडो छल्ने गरेका छन् भने जिल्लाका १६ स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिले न्यानो कपडा कम्बल वितरण गर्दै ठाउँ ठाउँमा आगो ताप्ने प्रबन्धसमेत मिलाएको सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशंकर यादवले जानकारी दिए ।