खबर फटाफटदेशप्रदेश

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध, खुल्न समय लाग्ने

सुख्खा पहिरो खसेपछि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड खुल्न समय लाग्ने भएको छ ।

राति साढे २ बजेतिर कालिखोलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक खुलाउने प्रयास भइराखेको छ ।

प्रहरीका अनुसार पहिरो खसेपछि गाडी गुड्न नसक्दा सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

बिहान ४ बजेदेखि पहिरो हटाउने काम भइरहेको भएपनि ठूलो पहिरो खसेकाले बाटो खुल्न भने समय लाग्ने प्रहरीले जानकारी दिएको छ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button