
भन्सार छलेर भित्र्याइएको हार्डवेयर सामानसहित टक र चालकलाई प्रहरीले राजस्व अनुसन्धानको जिम्मा लगाएको छ ।
बीचविजकभन्दा बढी खुद्रा मालबस्तुहरू तथा हार्डवेयर पार्टसहरू लोड गरी काठमाण्डौ लग्दै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले त्यस्तो सामान बरामद गरेको हो ।


वीरगञ्ज महानगरपालिका वडा नं ८ स्थित माईस्थान सडकखण्डमा प्र-२-०३-००१ ख ३६८९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा हार्डवेयर पार्टसहरू फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।
ट्रक तथा चालक वीरगञ्ज २ छप्कैयाका रौफ आलमलाई नियन्त्रणमा लिई बरामद सामानको ५० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले बताएको छ ।