खबर फटाफटप्रदेश

मधेस प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा हान्ने पटेल पक्राउ

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको वीरगञ्जस्थित घरमा ढुंगा हान्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

मुख्यमन्त्री राउतको वीरगञ्ज तेजारथ टोलस्थित घरमा ढुंगा हानेको आरोपमा प्रहरीले वीरगञ्ज १ का सुमन पटेललाई पक्राउ गरेको हो ।

पक्राउ परेका पटेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

ढुंगा प्रहारबाट मुख्यमन्त्रीको घरको झ्यालका २ ओटा सिसा फुटेको प्रहरीले बताएको छ । प्रदेश राजधानी जनकपुर र प्रदेशको नाम मधेस राखेको विरोधमा नेपाली कांग्रेस वीरगञ्ज नगर कमिटिले मंगलबार निकालेको विरोध ¥यालीका क्रममा मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार भएको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button