
मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको वीरगञ्जस्थित घरमा ढुङ्गामुढा भएको छ ।



मुख्यमन्त्री राउतको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ को तेजारथ टोलस्थित घरमा ढुङ्गामुढा भएको हो ।



प्रदेशको राजधानी जनकपुर बनेपछि वीरगञ्जलाई राजधानी बनाउनु पर्ने माग गर्दै नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटिले निकालेको र्यालीबाट निस्केर एक युवकले ढुङ्गा प्रहार गरेपछि राउतको घरको सिसा फुटेको प्रहरीले जनाएको छ ।



पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार नेपाली कांग्रेसको र्यालीबाट मोटरसाइकलमा सवार एक युवकले मुख्यमन्त्रीको घरमा दुईवटा ढुङ्गा चलाएका थिए ।