खबर फटाफटप्रदेश

वीरगञ्ज महानगरले ल्यायो आम संचार ऐन

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरपालिकाले स्थानीय संचार माध्यमको प्रवद्र्धन र नियमन गर्ने गरी आम संचार ऐन २०७८ जारी गरेको छ ।

सो ऐन कार्यान्वयनका सन्दर्भमा सोमबार वीरगञ्जमा भएको सरोकारवालाको छलफल कार्यक्रममा वीरगञ्ज महानगरपालिकाले ल्याएको आमसंचार ऐन संचार मैत्री भएको भन्दै सहभागी संचारकर्मी र पत्रकार महासंघका अग्रजहरुले यसको प्रशंसा गरेका थिए ।

स्थानीय तह आमसंचार ऐन अरु पालिकाको लागि अनुकरणीय हुने उनीहरुको धारण छ ।

महानगरपालिकाले महानगरपालिका भित्र संचालनमा रहेका संचार माध्यमको प्रवद्र्धन गर्न, लोककल्याणकारी विज्ञापनलाई स्थानीय संचार माध्यममा समानुपातिक रुपमा वितरण गर्न, श्रमजीवी पत्रकारको दक्षता अभिवृद्धि र संचार माध्यमको संस्थागत विकासमा ठोस योगदान दिनेगरी संचार माध्यमको प्रवद्र्धन तथा विकास कोषको स्थापना गर्न ऐन ल्याएको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।

पत्रकारितालाई मात्र पेशा वनाएर काम गर्दे आउनु भएका ६० बर्ष माथिका जेष्ठ पत्रकारको लागि पेन्सन कोषको स्थापना गर्ने, विपत्तिबाट अप्ठारोमा परेका संचार माध्यमलाई क्षती भएको सामान खरिदका लागि निश्चित अवधी सम्मका लागि सापटी रकम उपलब्ध गराउने गरी छुट्टै विपत्त राहत कोष स्थापना गर्ने व्यवस्था गरिएको छ ।

पत्रकारको लेखन बृत्तिका लागि फेलोसिप र पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने दुई जना (महिला र पुरुष) पत्रकारलाई हरेक बर्ष छात्रावृत्ति दिनेलगायतका नीति सहित वीरगंज महानगरपालिका आमसंचार ऐन २०७८ जारी गरेको छ ।

ऐन सञ्चारमाध्यमलाई नियन्त्रणका लागि नभएर सहजीकरण र प्रवद्र्धनका लागि ल्याइएकाले यसबाट स्थानीय सञ्चारमाध्यमको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास महानगरका सल्लाहकार गोविन्द देवकोटाले व्यक्त गरे ।

गत वर्ष देखि स्थानीय संचार माध्यमलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा वितरण गरी संचार मैत्री स्थानीय तहको रुपमा काम गरेको महानगरपालिकाले नेपाल मै पहिलो पटक स्थानीय तहले आम संचार ऐन जारी गरेर स्थानीय संचार माध्यमलाई सुविधा दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button