सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थिति बुदबुदीमा एकै परीवारका चार जनाको मृत्यु भएको छ ।
कोइला बालेर कोठाभित्र सुतेका आमासहित तीन जना बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ३५ वर्षीया कल्पा बुढा -बिसी_, ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढाको मृत्यु भएको हो ।
कल्पाका श्रीमान् कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । मृतक सोमराज कृष्णका दाईका छोरा हुन् ।