खबर फटाफटप्रदेश

वीरगञ्जमा बढ्दै कोरोना संक्रमण

वीरगञ्जमा पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमण दैनिक रुपमा बढ्दै गएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दैनिक संक्रमण पुष्टि हुने संख्या बढ्दै गएको हो ।

बिहीबार ४७ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या प्रतिशतको हिसाबमा ६५.९६ प्रतिशत हो ।

तर शुक्रबार कोरोना संक्रमण पुष्टि हुने दर पनि उच्च नै छ । शुक्रबार ६४ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा संकक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख एवं सूक्ष्म जीव विज्ञ डा प्रभाकर पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

संक्रमण पुष्टि भएको यो संख्या प्रतिशतको हिसाबमा ६७.१९ प्रतिशत हो । यसअघि बुधबार ९५ जनाको परीक्षण गर्दा ५१ जनामा ९५३।६८ प्रतिशत० संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button