
वीरगन्जको घन्टाघरको घडी पुनः बज्न थालेको छ। एनवाईईफ वीरगन्जको सक्रियतामा आजदेखि प्रत्येक घन्टा बज्न थालेको हो । वीरगन्ज महानगरको सहयोगमा सो सस्थाले घडी मर्मत गराएपछि करीब ६ बर्षदेखि बन्द रहेको घडी बज्न थालेको हो । विहान ४ देखि राती १० बजेसम्म प्रत्येक घन्टा समयको जनाउ दिने छ। वीरगन्ज महानगरका प्रमुख विजयकुमार सरावगीले घन्टाघरको घडीको व्यवस्थित सन्चालनमा एनवाईईफको सक्रियताको सराहना गरे। एनवाईईफ अध्यक्ष अनुप अग्रवालले घन्टाघर वीरगन्जको सान र पहिचान भएको बताए । लामो समयदेखि बिग्रेको घडी मर्मतपछि चल्न थालेको थियो ।








