खबर फटाफटप्रदेश

टिपर दुर्घटनामा चालक र सहचालकको मृत्यु

धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कोसी राजमार्गअन्तर्गत धनकुटा–२ नागढुंगामा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।

दुर्घटनामा परेर प्युठानको माण्डवी गाउँपालिका १ का २८ वर्षीय टिपर चालक भुवन थ्रेडी मगर र दाङको बबई गाउँपालिका ३ का २१ वर्षीय नवीन विकको मृत्यु जिल्ला प्रहरी प्रमुख एसपी नहकुल पोखरेलले जानकारी दिए ।

उनका अनुसार बा प्र ०३–००१ क ०५४९ नम्बरको टिपर सडकबाट करिब २५ मिटर तल खसेको थियो । दुवैको शव टिपर मुनि च्यापिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button