खबर फटाफटप्रदेश

माछा मार्दा करेन्ट लागेर गयो ज्यान

सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका वडा नं ७ पाखर खोलामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । बुधबार दिउँसो १६ वर्षका अमृत तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बिजुलीको पोल बाट हुक लगाई डाइरेक्ट लाइन तानी करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा एक्कासी करेन्ट सर्ट हुँदा तामाङको मृत्यु भएको हो ।

मृतक तामाङसँगै सात वर्षका बुद्ध तामाङ पनि खोलामा माछा मार्न गएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button