खबर फटाफटप्रदेश

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, ९ यात्रु घाइते

दाङमा बस दुर्घटना भएको छ । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस सोमबार बिहान ३ः३५ बजे राप्ती गाउँपालिका–५ दोलही खाेला नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा ९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ । बसमा २० यात्रु सवार थिए ।

घाइतेको लमहीमा प्राथमिक उपचारपछि नेपालगञ्ज पठाइएको छ । तीव्र गतिका कारण अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button