काठमाण्डौकाे छुट्टाछुट्टै दुई ठाउँमा दुर्घटना हुँदा दुई जना पैदलयात्रीको ज्यान गएको छ ।
दुर्घटनामा परि कालीकोटका विपिन विक र रामेछापका जीवनाथ गौतमको ज्यान गएको हो ।
विकलाई काठमाण्डौको बिजुली बजारको सडकमा बाटो काट्ने क्रममा गएराति टिपरले ठक्कर दिएको हो ।
२२ वर्षका विकलाई ठक्कर दिने टिपर र चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।
यस्तै गौतमलाई काठमाण्डौको मिनभवन अगाडिको सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो ।
६३ वर्षका गौतमलाई ठक्कर दिने बा ०२ ० ३१ प ७५ ६२ नम्बरको मोटरसाइकल र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।