
चिसो बढेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको संख्या पनि बढेको छ । जिल्ला अस्पतालमा निमोनिया र श्वासप्रश्वासका बिरामी बढेका हुन् ।
अस्पतालमा आउने धेरैजसो बालबालिकाहरूमा निमोनियाको समस्या देखिने र वृद्धवृद्धाहरूमा दमको समस्या देखिने गरेको जिल्ला अस्पताल बैतडीका डा। वसन्तराज जोशीले जानकारी दिए ।


पुस महिना सुरु भएयता जिल्ला अस्पतालमा दैनिक ४० देखि ५० जनाको संख्यामा बिरामी आउने गरेको र तीमध्ये श्वासप्रश्वासका बिरामी बढी हुने गरेको उनले बताए ।
बालबालिकाहरूलाई चिसोबाट जोगाउन नसक्दा निमोनिया हुने गरेको जोशीको भनाइ छ । चिसोले गर्दा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धाहरूलाई समस्या हुने भएको कारण विशेष ख्याल राख्नुपर्ने जिल्ला डा। जोशीको सुझाव छ ।