खबर फटाफटप्रदेश

चिसो बढेपछि विद्यालयमा नै हिटर जडान

बैतडीमा दिनप्रतिदिन जाडो बढ्दै गएपछि विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउनका लागि विद्यालयमा हिटर जडान गरिएको छ ।

बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका ९ हुक्केडाँडास्थित सिद्धेश्वर माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ हो ।

बालबालिकालाई चिसोबाट बचाउनका लागि प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । विद्यालयमा अहिले २८५ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

‘शिशु कक्षादेखि १० सम्मको प्रत्येक कोठामा दुई-दुईवटा हिटर जडान गरिएको छ,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले भने, ‘कतिपय अभिभावकहरूको आर्थिक अवस्था नाजुक हुँदा विद्यार्थीले पनि न्यानो लुगा लगाउन नपाएकाले हामीले कक्षाकोठा न्यानो गरी पठनपाठन गराउन हिटर जडान गरेका हौं।’

प्रत्येक विद्यार्थीबाट रु २०० संकलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरी हिटर खरिद गरेर जडान गरिएको हो । यस कार्यका लागि रु ८३ हजार खर्च भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटले जानकारी दिए ।

जडान गरिएका हिटरबाट हिउँदेयामको चिसो छेक्न मद्दत पुगेको र पठनपाठनमा सहज भएको छ। कक्षा ८ की छात्रा वर्षा भाटले हिटर जडान गरिसकेपछी अध्ययन गर्न सहज भएको बताइन् ।

‘जाडोले कक्षाकोठामा बसेर पढ्न सहज हुँदैन थियो । तर, अहिले हिटर जडान गरेकाले सजिलो भएको छ’, उनले भनिन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button