खबर फटाफटप्रदेश

सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको संख्या तीन अंकमा उक्लियो

Thrill Factory
Rungta Group

सुदूरपश्चिममा दुई दिनयता कोरोना संक्रमित दैनिक थपिने संख्या तीन अंकमा पुगेको छ। प्रदेशमा पुस २१ गतेसम्म दैनिक कोरोना संक्रमित थपिने संख्या दैनिक दुई अंकमा रहेको थियो।

पछिल्लो दुई दिनमा सुदूरपश्चिममा दुई सय ७८ जना कोरोना संक्रमित थपिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। पुस २३ गते एक हजार तीन सय ६८ जनामा परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

पुष्टि भएकामध्ये ऐन्टीजेन परीक्षणमा एक सय ८ र आरटीपीसीआर परीक्षणमा ४१ जना रहेका थिए। पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८५ जनामा परीक्षण गर्दा एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमध्ये एक सय ए जना ऐन्टीजेन र ५७ जना आरटीपीसिआर परीक्षणमा संक्रमित भेटिएका थिए।

सुदूरपश्चिममा पुस १९ गतेदेखि कोरोना संक्रमितको संख्या दुई अंकमा उक्लिएको थियो। पुस १९ गते ८७७ जनाको परीक्षण गर्दा २८ जना, २० गते ९७७ जनाको परीक्षण गर्दा ४० जना र २१ गते ११२६ जनाको परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि हुनेमा आरटीपीसीआरभन्दा ऐन्टीजेन परीक्षण गर्दा बढी भेटिएका छन्।

प्रदेशमा पुस १८ गतेसम्म दैनिक कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक अंकमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। पुस १८ गते ४५६ जनाको परीक्षण गर्दा ५ जना, १७ गते ६२८ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button