खबर फटाफटप्रदेश

आँखाको ज्योति दिलाउन महानगर प्रमुख सरावगी सक्रिय

Thrill Factory
Rungta Group

अत्यधिक चिसोबाट प्रभावित ज्येष्ठ नागरिकहरुलाई कम्बल लगायतका सामग्री वितरणलाई निरन्तरता दिनुभएका महानगर प्रमुख विजय कुमार सरावगीले आँखाको ज्योति गुमाउनेहरुलाई पनि आँखाको ज्योति दिलाउनमा सक्रिय रहनुभएको छ ।

वीरगंज माहानगरपालिका र माट्रिका आइ फाउण्डेशनको संयुक्त आयोजनामा गत १८ गते वडा नम्बर २९ बस्डिल्वामा भएको आँखा शिविरमा परीक्षणका क्रममा पहिचान गरिएका मोतियाबिन्दुका बिरामीहरुको हिजो आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

मोतियाविन्दुको शल्यक्रिया गरिएका ती सबै बिरामीहरुको आँखाको दृष्टिको बारेमा आज महानगर प्रमुख सरावगीले जानकारी लिनुभएको छ ।

महानगर प्रमुख सरावगीले आपूmले पाउने सेवा सुविधाबाट स्थापना गरिएको मेयर कल्याणकारी कोषबाट महानगरपालिकाका २ हजार ५ सय आँखाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने लक्ष्यका साथ आँखाका शिविरको आयोजना गर्दै शिविरमा परीक्षणका क्रममा फेला गरेका मोतियाविन्दुका विरामीहरुको निःशुल्क आँखाको शल्यक्रिया गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button