खबर फटाफटप्रदेश

चिसोमा वृद्धवृद्धालाई महानगर प्रमुख सरावगीको साथ

Thrill Factory
Rungta Group

चिसोबाट प्रभावित वृद्धवृद्धाहरुलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले साथ दिनु भएको छ ।

चिसोले कठांग्रिएर जनजीवन कष्टकर भइरहेको अवस्थामा वृद्धवृद्धाहरुलाई वीरगन्ज माहानगरपालिकाको जनकल्याणकारी योजना ल्याएर वृद्धवृद्धाहरुलाई महानगर प्रमुख सरावगीले साथ दिनुभएको हो ।

योजना अन्तर्गत माहानगरका ३२ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई प्रतिव्यक्ति एक थान कम्बल, एकथान झुल, एकथान छाता र एकथान टर्च वितरण अभियानलाई निरन्तरता दिनुभएको छ ।

पुस १७ गते वडा नम्बर १४ बाट सुरु गरेको कम्बल वितरण अभियान अन्तर्गत बिहीबार वडा नम्बर ५, ८, १३, १५ र १६ का ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल सहितको सामग्री वितरण गर्नुभएको छ ।

महानगरपालिकाले जनकल्याणकारी योजना अन्तर्गत महानगरभित्रका करिब ६ हजार ज्येष्ठ नागरिकहरुलाई न्यानो पार्ने कम्बल तथा अन्य आवश्यक सामग्रीहरु बितरण गर्ने योजना रहेको महानगर प्रमुख सरावगीले बताउनुभयो ।

यसैबीच महानगरपालिकाले चिसोबाट प्रभावित सर्वसाधारणका लागि सार्वजनिक स्थानमा आगो ताप्ने व्यावस्था समेत गरेको छ । महानगरपालिकाले प्रत्येक चोकमा आगो ताप्ने व्यावस्थाका लागि दाउराको व्यावस्था गरेको हो ।

डिभिजन वन कार्यालय पर्साबाट दाउरा खरिद गरेर ल्याई आजबाट दाउरा समेत वितरण शुरु गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले पर्याप्त दाउराको माग गरेपनि डिभिजन वन कार्यालयले महानगरपालिकालाई पर्याप्त दाउरा उपलब्ध नगराएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button