खबर फटाफटदेश

बुधबारबाट पुनः वर्षा र हिमपातको सम्भावना

Thrill Factory
Rungta Group

बुधबारबाट देशभर पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबारबाट पश्चिमी वायु पुनः सक्रिय हुने भएकाले वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको हो।

पश्चिमी वायु पुनः सक्रिय हुँदा हिमपात र वर्षा हुने सम्भावना रहेकाले जाडो बढ्ने महाशाखाको भनाइ छ।

तर, बुधबारभन्दा अघि भने काठमाडौंको मौसम सफा रहने छ। केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने मौसमविद्हरूको भनाइ छ।

आज पनि देशभर सामान्यतः मौसम सफा रहनेछ। आज मध्य तथा पूर्वी नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्का हिमपातको सम्भावना रहे पनि अन्य क्षेत्रको मौसम भने सफा रहने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button