खबर फटाफटप्रदेश

ट्रक दुर्घटना हुँदा तीन जनाकाे मृत्यु, तीन घाइते

गोरखामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

Patanjali Nepal
Sweet Mart Food

दुर्घटनामा परी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४का २३ वर्षीय निराजन नेपाल, सोही ठाउँका दीपक परियार र धार्चे गाँपालिका ३ उहियाकी शरणी गुरुङकी २ वर्षीया छोरी सपना गुरुङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार परिवार र नेपालको घटनास्थलमै र गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी २६ वर्षीया शरणी गुरुङ र धार्चे गाउँपालिका(५ माछाखोलाका अस्मिता गुरुङको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

अर्का घाइते धार्चे गाउँपालिका ३ का आशमान गुरुङको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button