
कपिलबस्तुमा ट्रक र बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते छन्।



गए राति ट्रक र बसले कार ठक्करलाई पालैपालो ठक्कर दिएको थियो।



पूर्वपश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका ४ दरखास्तमा भएको दुर्घटनामा बाणगंगा नगरपालिका १ पिपराका ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको छ।



कारमा सवार सुदीप खनाल र राजेश शर्मा पनि गम्भीर घाइते छन्। कपिलवस्तुको जितपुरबाट गोरुसिंगे जाने क्रममास् उनीहरू मंगलबार राति करिब १० बजे दुर्घटनामा परेका थिए।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाण्डे सवार बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्रकले ठक्कर दिएको थियो।
पछि ना ५ ख ३३८७ नम्बरको बसले उक्त कारलाई ठक्कर दिएको थियो। कार पाण्डेले चलाएका थिए। कारलाई ठक्कर दिने ट्रक र बसको नम्बर खुलेको छैन।
पाण्डेलाई उपचारका लागि क्रिमसन अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। पाण्डे शाइन रेसुंगा बैंक जितपुर शाखाको प्रमुख थिए भने कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष पनि हुन्।
साथै घाइते दुई जनाको भने बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।