
प्रहरीले लागू औषधसहित १ जनालाई वीरगञ्जमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार मंगलबार वीरगञ्ज महानगरपालिका वडा नं १३ मुर्लीका १९ वर्षीय बिक्रम सर्राफ पक्राउ परेका हुन् ।
सर्राफले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र फेनारगण ३५० एम्पुल फेला परेको प्रहरीले बताएको छ ।
उनलाई नियन्त्रणमा लिई लागू औषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए ।


