![](https://samatadainik.com/wp-content/uploads/2021/09/Road.jpg)
पाल्पा जिल्लाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ ।
![](https://samatadainik.com/wp-content/uploads/2024/11/minolta2.jpg)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resized_patanjali_ad.gif)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/minolta1.jpg)
हरेक दिन बिहान ९ : ३० देखि दिउँसो ३ : ३० बजेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको हो । पुस १२ गतेदेखि २२ गतेसम्मका लागि दैनिक छ घण्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताएका छन् ।
![](https://samatadainik.com/wp-content/uploads/2024/11/qfx-brj-new.png)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resize_thrill_factory_ad.gif)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resized_ocb_rungta.gif)
पहाड कटान गरी माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालले जानकारी दिए । पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक अवरुद्ध हुँदै आएको थियो ।
![](https://samatadainik.com/wp-content/uploads/2024/11/qfx1.jpg)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resized_nimbus_ad.gif)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resized_jepl_ad.gif)