No Image Headlineप्रदेश

वरीयता विवादमा कोइरालाको कटाक्ष-वरीयता त मतदाताले निर्धारण गरिसकेका छन्

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयाता कायम गरेको बताएका छन् ।

१४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताएका छन् ।

शेरबहादुर देउवासँग पराजित कोइराला स्वत केन्द्रीय सदस्य बनेका छन् । सभापति देउवाले १३४ सदस्यीय केन्द्रीय कार्यसमितिको वरीयता निर्धारण गर्दै डा। कोइरालालाई २० औँ नम्बरमा राखेका छन् ।

कांग्रेस विधानमा वरीयताबारे स्पष्ट व्यवस्था नभए पनि सभापतिमा निकटतम प्रतिद्वन्द्वी भएको केन्द्रीय सदस्य दोस्रो वा तेस्रो वरीयतामा रहँदै आएको परम्परा छ । तर, देउवाले यो पटक परम्परा भत्काउँदै कोइरालालाई २० औँ वरीयतामा राखेपछि विवाद उत्पन्न भएको छ ।

वरीयताकै कारण कोइरालाले शनिबार बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठक नै बहिस्कार गरेका थिए । सोमबार विराटनगरमा कोइरालाले कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने तर्क गरे ।

उनले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको बताएका छन् । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति संकेत गर्दै उनले आफ्नै भाइ–बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनसमेत कार्यकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोगले वैशाख १४ र २२ गतेका लागि निर्वाचन मिति सरकारसमक्ष सिफारिस गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button