No Image Headlineअर्थप्रदेश

वीरगञ्ज-पथलैया सडक : समय दोब्बर बितिसक्यो, कहिले होला पूरा !

Thrill Factory
Rungta Group

वीरगंज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख मनीषकुमार साहले ८० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । उनले चैत मसान्तसम्म समयावधि रहेको छ लेन सडकको काम अबको समयमा तोकिएकै बेला सम्पन्न हुने बताए ।

योजना प्रमुख साहले जीतपुर बजार क्षेत्रको काम अन्य १२ वटा साइटभन्दा ढिला भएको र अहिले ५५ प्रतिशत काम सम्पन्न भइसकेको बताए । उनले साइट क्लियरको लागि जीतपुर क्षेत्रको काममा पछिल्लो समयमा ढिलो भए पनि अहिले सबैभन्दा द्रुत गतिमा यही साइटको काम भइरहेको जानकारी गराए ।

वीरगंज–पथलैया व्यापारिक मार्गमा अहिले कालोपत्रको काम मात्र बाँकी रहेको योजना प्रमुख साहले बताए । पुल, नालालगायतका काम सम्पन्न भइसकेका छन् र कालोपत्रको काम द्रुत गतिमा भइरहेको उनले बताए ।

आयोजना कार्यालयले जनाए अनुसार आइसिपीदेखि पथलैयासम्म ३०.६८ किलोमिटर छ लेन सडक निर्माण भइरहेको छ । सो सडकको चौडाइ ५० मिटर रहेको छ । आइसिपीदेखि पथलैयासम्म १३ वटा ठेकेदार कम्पनीले ठेक्का सकार गरेका छन् ।

परवानीपुरदेखि गण्डकसम्म अमर/पप्पु जेभीले ५४ प्रतिशत, गण्डकदेखि हरपतगंजसम्म श्रेष्ठ/बिरुवा जेभीले ८० प्रतिशत, हरपतगंजदेखि ड्राइपोर्टसम्म पप्पु/लुम्बिनी जेभीले ५० प्रतिशत, पथलैया चोकदेखि सूर्य नेपालसम्म अमर/कन्ट्याक्ट जेभीले ५१ प्रतिशत, सूर्य नेपालदेखि सेनाको क्याम्पसम्म शर्मा/युनाइटेड बिल्डर/दिवा निर्माण जेभीले ४१ प्रतिशत, सेनाको क्याम्पदेखि परवानीपुरसम्म अमर/ कन्ट्याक्ट जेभीले ७७ प्रतिशत, परवानीपुरदेखि गण्डकसम्म दिवा/सपना जेभीले ८१ प्रतिशत, लालका पुलदेखि जीतपुरबजारसम्म इलाइट/सब्बा जेभीले ७९ प्रतिशत, श्रीसिया खोलादेखि परवानीपुरसम्म लुम्बिनी/मृत सञ्जीवनीले ७६ प्रतिशत, श्रीसिया खोलादेखि परवानीपुर सडकखण्डमा लुम्बिनी/मृत सञ्जीवनीले ७६ प्रतिशत, गण्डक चोकदेखि परवानीपुरसम्म कन्ट्याक्ट/लुम्बिनी जेभीले ५३ प्रतिशत, ड्राइपोर्टदेखि आइसिपीसम्म रमन/महावीर जेभीले ९० प्रतिशत, गण्डक नहरदेखि केडिया आँखा अस्पतालसम्म सपना/निर्माण जेभीले ५६ प्रतिशत काम गरिसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button