खबर फटाफटप्रदेश

भन्सार छली ल्याएको सामान प्रहरीले राजस्वमा बुझायो

Thrill Factory
Rungta Group

बीलविजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी मकवानपुर हेटौडा लग्दै गरेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार त्यस कार्यालयबाट खटिएको टोलीले शुक्रबार राति १० बजे वीरगञ्ज महानगरपालिका वडा नं ८ स्थित घण्टाघर सडकखण्डमा ना ३ ख ७४८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

रोकेर जाँच गर्नेक्रममा भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू फेला परेको हुँदा ट्रक तथा चालकलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

२५ लाख रुपैयाँ मूल्यांकन गरिएको मालसामान, ट्रक र चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं १० का प्रेमबहादुर स्याङबो तामाङलाई नियन्त्रणमा लिई कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले बताएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button