स्वास्थ्य/जिवनशैली

नियमित साइकल कुदाउनेले पाउँछन् यी ६ फाइदा

साइकल कुदाउनु आजकल बाध्यता भन्दा धेरैको रहर मात्र हुने गरेको छ । सहरी क्षेत्रमा बालबालिकालाई खेल्न साइकल किनिदिने चलन छ भने तराईमा अझै साइकल चढ्नेको संख्या धेरै छ । साइकल कुदाउँदा स्वास्थ्यलाई धेरै फाइदा पुग्दछ ।

जुनसुकै उमेरका व्यक्तिले पनि साइकल चलाउन सक्छन् । अन्य व्यक्तिको तुलनामा दैनिक २० मिनेट साइकल चलाउने व्यक्ति स्वस्थ हुने चिकित्सक बताउँछन् । के के छन् नियमित साइकल कुदाउँदा हुने फाइदाहरू :

क) दैनिक साइकल कुदाउँदा रगतमा अक्सिजनको मात्रा आपूर्ति हुन्छ र रक्त सञ्चारमा सुधार आउँछ । यसले गर्दा रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

ख) नियमित साइक्लिङ गर्दा मांसपेशीहरू बलिया हुन्छन् । साथै साइकल चलाउँदा ढाड र गर्धनको दुखाईबाट समेत राहत मिल्ने गर्छ ।

ग) दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजारौँ संख्यामा क्यालोरी खपत हुने भएकाले केही हदसम्म यसले मानिसलाई दुब्लो बनाउन मद्दत गर्दछ ।

घ) नियमित साइकल कुदाउँदा स्तन र मलद्वारको क्यान्सरको जोखिम कम हुने गर्दछ ।

ङ) दैनिक ३० मिनेट साइक्लिङ गर्नेहरूमा ४० प्रतिशतसम्म मधुमेह हुने खतरा कम हुन्छ ।

च) मानसिक स्वास्थ्य, तनाव, चिन्ता, डिप्रेसन, उदासीनतालाई नियमित साइक्लिङ गरेर कम गर्न सकिन्छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button