खबर फटाफटप्रदेश

शैक्षिक सुधारका लागि महानगर प्रतिबद्ध : मेयर सरावगी

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरका प्रमुख विजय कुमार सरावगी शनिबार निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन पर्साको १५ औं जिल्ला अधिवेशनमा पनि विशिष्ट अतिथिको रुपमा सहभागी हुनुभएको छ ।

नगर प्रमुख सरावगीले शिक्षा, स्वास्थ्य र सामाजिक विकास नै मुलुकको आर्थिक विकासको प्रमुख आधारस्तम्भहरु रहेकोले यी क्षेत्रहरुको विकास अनिवार्य रहेको बताउनुभयो ।

वीरगन्ज महानगरक्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि महानगरपालिकाले हरसम्भव प्रयासरत रहेको र यही क्रममा अहिले सामुदायिक विद्यालयका शिक्षकहरुको पनि सरुवा गरिएको बताउनुभयो ।

उहाँले निजी विद्यालयहरुले शिक्षा क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउदै उहाँले केही विकृतिहरु पनि देखिएकोले त्यसको नियन्त्रणमा निजी तथा संस्थागत विद्यालयहरुको सहयोग आवश्यक रहेको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button