
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सामाजिक विकासको सहयोगमा निरन्तरता दिनुभएको छ ।



नगर प्रमुख सरावगी महानगरको प्रमुखमा निर्वाचित भएदेखि नै सामाजिक विकास, स्वास्थ्य र शिक्षालाई प्राथामिकतामा राख्नुभएका नगर प्रमुख सरावगीले लायन्स क्लबको एकलाख अमेरिकी डलर र वीरगञ्ज महानगरको ४७ लाख लगानीमा श्रीपुर बिद्यापीठ माविमा निर्माण हुन लागेको बहुउद्देश्यीय हल निर्माणका लागि चेक हस्तान्तरण गर्नुभएको हो ।



बहुउद्देश्यीय हल निर्माणका लागि नगर प्रमुख सरावगीले ४७ लाखको चेक हस्तान्तरण गर्नुभएको छ । त्यस्तै महानगर प्रमुख सरावगीले गरिब तथा विपन्नहरुको आँखाको निःशुल्क उपचारका लागि पनि आर्थिक सहयोग गर्नुभएको छ ।



महानगरपालिकाको नगर स्तरीय बजेटबाट गरिब बिपन्न ब्यक्तिहरुको अँखाको निःशुल्क शल्यक्रिया गर्नको लागि पाँच लाख रुपैया सहयोग गरेको हो । महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पाँचलाख रुपैंयाको चेक नेपाल नेत्रज्योती संघ पर्सालाई हिजो हस्तान्तरण गर्नुभएको छ ।
त्यस्तै नगर प्रमुख सरावगीको सेवा सुविधाबाट संचालन गरेको मेयर कल्याणकारी कोषबाट पनि चार जना जेहेन्दार तथा बिपन्न छात्रछात्राहरुलाई अध्ययनका लागि सहयोग गर्नुभएको छ ।
महानगर प्रमुख सरावगीले (छात्रवृत्ति) स्वरुप चारजनालाई चेक हस्तान्तरण गर्नुभएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।