खबर फटाफटप्रदेश

हेटौँडामा टिपरको ठक्करबाट एक जनाको मृत्यु

हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङको जैमिनीका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् । उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । थापाको अवस्था सामान्य छ । टिपर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button