खबर फटाफटप्रदेश

बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

१६ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभन देखाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सो आरोपमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प तसिल गाडीगाडका २९ वर्षीय सतवन्त सिंह वीरगञ्जको श्रीपुरबाट पक्राउ परेका हुन् ।

उनलाई जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

आरोपितले बालिकालाई यही मंसिर २४ गते श्रीपुरस्थित आफ्नै कोठामा लगी पटकपटक करणी गरेको बालिकाका अभिभावकले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button