
प्रहरीले वीरगञ्ज ८ घण्टाघरस्थित सडकखण्डबाट आइतबार २ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको जनाएको छ ।



घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना १६ प ५४४६ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी चेकजाँच गर्दा वीरगञ्ज महानगरपालिका वडा नं १० बस्ने वर्ष २८ को चन्दन कुमार साहले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली १८ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।



उक्त रकम बरामद गरी सो कार्यमा सलंग्न जिल्ला पर्सा वीरगञ्ज १० का ओमप्रकाश गुप्ता समेत दुई जनालाई मोटरसाइलसहति नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।


