
जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियार पछिल्लो समयमा राजनीतिक सक्रियता बढाएका छन् ।



पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा चुनिएका रौनियारले पछिल्लो समयमा नेपाल भ्रमणमा रहेको पूर्व केंद्रीय स्वास्थ्यमंत्री एवम् भारतीय जनता पार्टी नेता डा हर्षवर्धनसँग भेटवार्ता गरेका छन् ।



भेटमा नेपाल-भारत दुई देशबीचको आर्थिक तथा साँस्कृतिक र जनस्तरको सम्बन्धका आयामलाई थप सुमधुर बनाउने सन्दर्भमा छलफल भएको रौनियारले जानकारी दिएका छन् ।



दुई नेताबीचको भेटमा सबैभन्दा नजिकको छिमेकी र नेपाल र भारतबीच सहकार्यमा आधारित सम्बन्धको आवश्यकतामा जोड दिइएको थियो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटनमा सहभागी हुन आएका नेतासँग रौनियारले भेट गरेका हुन् ।
यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेट गरी पर्सा जिल्ला र तराई मधेसको समस्याहरुको समाधान र विकासका बारेमा छलफल गरेका थिए ।
केही महीनाघिमात्रै उनले भारतीय जनता पार्टीका शीर्षस्थ नेताहरुसित भारतको दिल्लीमा पनि भेटवार्ता गरेका थिए ।