No Image Headlineप्रदेश

लमजुङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, ६ जना घाइते

Thrill Factory
Rungta Group

लमजुङको मर्स्याङ्दी  गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

मर्स्याङ्दी  गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जीप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जीप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् ।

घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन्  ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button