खबर फटाफटप्रदेश

नगर प्रमुखले गरे सडक ढलान र नालाको निरीक्षण

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महानगर क्षेत्रमा निर्माण भईरहेको विकास निर्माण योजनाको स्थलगत निरीक्षण गरेका छन् ।

महानगरपालिकाको नगरस्तरीय बजेटबाट वडा नम्बर ३ प्रगतिनगरमा निर्माण भइरहेको सडक ढलान र नाला निर्माणको सरावगीले निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा सडक ढलान र नाला निर्माण गुणस्तरीय हुनुपर्नेमा जोड दिए । महानगरपालिकाको बजेटबाट निर्माण भएका विकास योजनाहरु नागरिकको भएकोले नागरिकको सम्पत्तिलाई कमसल सामग्री प्रयोग गरेर खेर फाल्न नहुने उनको भनाइ छ ।

उनले विकास निर्माणहरु गुणस्तरीय छन् की छैनन् भनेर निगरानी गर्नु स्थानीयको पनि दायित्य भएकोले स्थानीयले सहभागिता पनि आवश्यक रहेको बताए । विकास निर्माणमा बजेट खेर जाने गरी नगर्न ठेकेदार र उपभोक्ता समितिहरुलाई सचेत गराए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button