
वीरगञ्ज महानगरपालिकाले कोभिडविरुद्धको खोप सार्वजनिक स्थनमा पनि सर्वसाधारणलाई लगाउन शुरु गरेको छ ।
खोप विशेष अभियान अन्तर्गत महानगरपालिकाले सार्वजनिक स्थानमा पनि खोप लगाउन शुरु गरेको हो ।


अभियानको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले उदघाटन गर्दै महानगरपालिकाले ३४ वटा खोप केन्द्रबाट खोप उपलब्ध गराउदै आएकोमा थप तीन वटा खोप कन्द्र सार्वजनिक स्थलमा स्थपना गरेर खोप अभियान शुरु गरेको बताए ।
उनले महानगरपालिकामा खोप भण्डारण गर्ने कक्ष पनि स्थापना गरिएको र २५ हजार खोप उपलब्ध रहेको जानकारी दिदै खोप अभियान पूर्ण रुपमा सफल पार्न सबैलाई सहभागी हुन पनि आग्रह गरे ।
उनले महानगरपालिकाले खोप अभियानअन्तर्गत पहिलो चरणमा भेरेसेल खोपको दुवै मात्रा लगाउने र त्यसपछि कोभिसिल्डको खोप लगाउने पनि बताए ।
उनले अब वीरगञ्जमा बजार गर्न आउने ब्यक्तिले आफ्नो नागरिकताको प्रमाणपत्र देखाएर घण्टाघरमा रहेको प्रहरी बिटबाट पनि कोरोना खोप लगाउन सक्ने बताए ।
वीरगञ्ज माहानगरको सम्पूर्ण नगरबासीलाई अनिवार्य र सुलभ रुपमा कोरोना खोप उपलब्ध होस भन्ने अवधारणा महानगरले लिएको प्रमुख सरावगीको भनाइ छ ।