
पूर्वा सांस्कृतिक मंच देहरादूनद्वारा बिहारको बेतियामा आयोजित एक कार्यक्रममा नेपाल भारत सहयोग मंचका राष्ट्रीय अध्यक्ष अशोक बैधलाई सम्मानित गरेको छ । वैध लामो समयदेखि नेपाल भारत जनसम्बन्धलाई अझ बढि प्रभावकारी बनाउन क्रियाशील छन । यसका लागि उनी सीमावर्ती शहरहरूमा जनसंवाद कार्यक्रमलाई अगाडि बढाएका छन ।
वैधले सीमावर्ती शहरहरूबीच ट्वीन सीटीको अवधारणा ल्याएका छन । सम्मान समारोहमा बैधले सीमावर्ती क्षेत्रमा जति जनसंवाद गरिन्छ, त्यति नै हाम्रो जनसवंध बलियो हुने बताए । कार्यक्रममा हिंदी का प्रसिद्ध साहित्यकार डा बुद्धिनाथ मिश्र , सुभाष झालगायत मंचका पदाधिकारीहरूको सहभागिता थियो । सो समारोहमा स्थानिय न्यायाधीश , जिल्ला प्रशासक , शिक्षाविद लगायत ठूलो संख्यामा नागरिक समाजको सहभागिता थियो । कार्यक्रमअघि बैधले कविवर गोपाल सिंह नेपालीको प्रतिमामा माल्यार्पण गरेका थिए । बेतियामा नेपाली चोकसमेत छ

