खबर फटाफटप्रदेश

वीउवासंघका पदाधिकारीले गृह सचिवलाई भेटे

Thrill Factory
Rungta Group

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता सहितको एक टोलीले गृहसचिव टेकनारायण पण्डे संग स्थानीय होटल दियालो लर्डसमा भेटघाट तथा अन्तरक्रिया गरेको छ ।

भेटघाटको क्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले यस क्षेत्रको उद्योग व्यापार, व्यवसायको विकास र प्रवद्र्धनमा मात्रै नभई सामाजीक, साँस्कृतिक क्षेत्रको विकासमा समेत सङ्घले महत्वपूर्ण योगदान गर्दै आई रहेको बताए ।

पछिल्लो समयमा सङ्घले आफ्नै नेतृत्वमा र स्थानीय तह, तथा विभिन्न सङ्घ संस्थासंग सहकार्य गरेर संचालनमा ल्याएको “सेफर वीरगञ्ज” परियोजनाले वीरगञ्ज नगरको विभिन्न ठाउँहरुमा सिसिटिभी क्यामेरा जडान गरी निगरानी गर्दै आएको बताए ।

उनले स्थानीय उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था, समाजका अगुवा नागरिक र वीरगञ्ज महानगरपालिका बाहेक अरु कुनै सरकारी निकायबाट कुनै किसिमको सहयोग प्राप्त नभएको जानकारी गराउँदै सेफर वीरगञ्जलाई थप सिसिटिभी क्यामेरा जडान, सञ्चालन तथा मर्मत सम्भारमा सहयोग गर्न गृह मन्त्रालयबाट आवश्यक बजेट विनियोजनको व्यवस्थाको लागि गृह सचिवको ध्यानाकर्षण गराए ।

विगतमा यस पर्साबारा क्षेत्रमा अवस्थित वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको सुरक्षा हेतु नेपाल सरकारले औद्योगिक सुरक्षाबलको स्थापना गरेको थियो तर पछि उक्त सुरक्षाबललाई विघटन गरेको छ ।

उक्त विघटीत सुरक्षाबलको पुनः स्थापनाका साथै औद्योगिक कोरिडोर हेतु अत्यावश्यक अत्याधुनिक रसायनीक दमकल, सिमावर्ती क्षेत्रमा विगतमा हुँदै आई रहेको “क्रस बोर्डर बैठक” पुनः संचालनमा ल्याउनु पर्ने, “स्माईलिग पुलिस”को अवधारणा लागु गर्नुका साथै भारतबाट नेपाल आउने पर्यटकहरुलाई भारतीय रुपैया पाँच सय, एक हजार तथा दुई हजारका नोट ल्याउनु दिनु पर्ने गृहसचिव पाण्डेलाई अनुरोध गरे ।

गृह सचिव टेकनारायण पाण्डेले आपूm शान्ति सुरक्षाप्रति गम्भीर रहेको बताउनुहुँदै सेफर वीरगञ्जले थालनी गरेको सिसिटिभी जडान गरी निगरानी गरिरहेको कार्य अत्यन्तै सराह्नीय रहेकोले सेफर वीरगञ्ज परियोजनाको लागि सहयोगका लागि आवश्यक पहलका साथै अध्यक्ष गुप्ताले उठाउनु भएको विषयलाई आफुले गंभीरता पूर्वक लिएको बताए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव हुमकला पाण्डे, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारणी सदस्य गोपाल केडिया, पर्सा तथा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, पर्साका प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष द्वय हरि गौतम, माधव राजपालका साथै सङ्घका महासचिव मनोजकुमार दासको उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button